सुस्तःमनस्थिति बाल विद्या मन्दिरलाई फर्निचर हस्तान्तरण

कपन अनलाइन 

बुटवल, २ जेठ । प्रभु बैंक लिमिटेडले यहाँको एक सुस्तः बाल विद्यालयलाई फर्निचर प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ७ को दीपनगरमा रहेको सुस्तःमनस्थिति बाल विद्या मन्दिरमा आठ वटा कुर्ची र दुई वटा टेबुल हस्तान्तरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बाल विद्या मन्दिरमा फर्निचर हस्तान्तरण गरेको बैंकका बुटवलका प्रमुख गणेशबहादुर पछाइले बताउनुभयो । उहाँले बैंकले यस प्रकारका सामाजिक कामलाई निरन्तरता दिने बताउनुभयो ।

बाल विद्या मन्दिरकी अध्यक्ष मीना भुसालले यहाँका बालबालिकालाई अध्ययनसँगै हेरचाहका लागि प्राप्त फर्निचरले सहज हुने बताउनुभयो ।

सो बाल विद्या मन्दिरमा ३५ बालबालिका छन् । रासस

तपाइँको प्रतिक्रिया ।