चौथो एसियन च्याम्पियनसिपका लागि नेपालको फुटभली टिम बैंककमा
कपन अनलाइन, काठमाडौँ । नेपाली फुटभली टिम चौथो एसिएन च्याम्पिएनसिपमा भाग लिनेक्रममा थाइल्याण्डमा रहेको छ । नेपालले बैंककका आयोजना भैरहेको एसियन च्याम्पियनसिप अन्तर्गत १० वटा खेलमा प्रतिष्पर्धा गर्ने नेपाल फुटभली संघका आध्यक्ष मनिष जोशीले बताएका छन् ।
३ दिन आयोजना हुने च्याम्पियनसिपमा नेपालले राम्रो खेल प्रदर्शन गर्ने अध्यक्ष जोशीले बताए । च्याम्पियनसिपमा भाग लिने गएको टोलीमा सरोज डंगोल, कुमार श्रेष्ठ, प्रकाश डंगोल र आर्यन डंगोल रहेका छन् । त्यसैगरी टिमको व्यवस्थापक एवम् प्रशिक्षकका रुपमा निरन्जन डंगोल रहेका छन् ।
औपचारिक नेपालका लागि कान्छो खेल भए पनि सम्भावना भएको खेलको रुपमा लिएको फुटभली सक्रियप्रतिको आकर्षण बढिरहेको छ । फुटभली टिमले नेपालमा र विदेशमा पनि नियमितजस्तै प्रतिस्पर्धा गरिरहेको छ । हालै नेपालमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई हराएको थियो ।