रातिदेखि लगातार हिमपात
कपन अनलाइन
हुम्ला, १७ फागुन । यहाँ रातिदेखि लगातार हिमपात भइरहेको छ ।
सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ ।
दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन् । कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन् । खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव भएको छ । रासस
तपाइँको प्रतिक्रिया ।