मेलाम्चीको ५३३ किमी पाइप बिछ्याइयो, अब १३७ किमी बाँकी
कपन अनलाइन, काठमाडौँ । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ । उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पु¥याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
“दिउँसो काम गर्दा वातावरणीय असर बढी गर्ने र सवारी सञ्चालनमा समेत बाधा पुग्ने भएकाले काममा संलग्न निर्माण व्यवसायीलाई राति काम गर्न लगाइएको छ, राति काम गरी बिहानै सडक पुनःस्थापना गरिन्छ, सडक खन्ने स्थानमा हरियो नेट स्थापना गरी माटो त्यहीँ पर्ने व्यवस्था मिलाइएको छ”–उनले भने ।
निर्माण सकिनासाथ सडक पुनःस्थापना र कालोपत्र गर्ने गरिएको निर्देशनालयले जनाएको छ । पहिलो चरणको पाइप बिछ्याइ जेठ मसान्तसम्म सडक कालोपत्र गरिसक्ने सो अवसरमा जानकारी गराइयो । त्यसलगत्तै दोस्रो चरणको पाइप बिछ्याउने काम पनि सुरु हुनेछ । मेलम्ची आयोजना दुईको रु २६ अर्ब बजेटमध्ये हालसम्म रु १२ अर्ब खर्च भइसकेको सो अवसरमा जानकारी गराइयो ।