दोस्रो वीर गणेशमान स्मृति लोकनृत्य प्रतियोगितामा जोसेफ हाइस्कूल प्रथम

दोस्रो वीर गणेशमान स्मृति लोकनृत्य प्रतियोगितामा जोसेफ हाइस्कूल प्रथम

कपन अनलाइन, काठमाडौँ । प्रजातन्त्रका सेनानी वीर गणेशमान सिंहको स्मृतिमा आयोजना भएको दोस्रो उपत्यकाव्यापी लोकनृत्य प्रतियोगितामा कपनको जोसेफ हाइस्कूल प्रथम भएको छ । प्रजातन्त्र दिवशको अवसरमा काठमाडौँ खेलकुद समाजले आज बुनपा १२ ह्याण्डबल चौरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिता तथा खेलाडी प्रशिक्षक सम्मान कार्यक्रममा सहभागि १३ विद्यालयहरुमध्येबाट जोसेफ हाइस्कूल प्रथम भएको हो । देशमा रहेका बिभिन्न जनजातिको भेषभुषा तथा लोकलयमा आधारित गीतहरुलाई नृत्यकोरुपमा पस्किने क्रममा जोसेफ सर्वाेत्कृष्ट भएको हो ।

 

गतसालदेखि हरेक वर्ष प्रजातन्त्र दिवशको अवसरमा उपत्यकाव्यापी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्न शुरु गरेको काठमाडौ खेलकुद समाजले जिल्ला खेलकुद विकास समिति काठमाडौँ, बुढानिलकण्ठ नगरपालिका र रिलायन्स यजुकेसनल फाउन्डेसनको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सारा फाउन्डेसन नामक संस्थाले पनि सहयोग गरेको बताइएको थियो ।

 

स्थानीय नेता कार्यकर्ताहरुका नेपाली खेल क्षेत्रका बिभिन्न व्यक्तिहकरुको पनि कार्यक्रममा सहभागिता थियो । कार्यक्रमको अर्काे महत्वपूर्ण आकर्षण सातौँ राष्ट्रिय खेलकुदमा सहभागि भई पदक हासिल गरेका ८ दर्जन खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो । जिखेविसका उपाध्यक्षसमेत रहेका काठमाडौँ खेलकुद समाजका अध्यक्ष बद्रि भट्टराईले आयोजना गरेको कार्यक्रमको सफलताका लागि कार्यक्रममा स्थानीय समाजसेवीहरुदेखि सर्वसाधरणको ठूलो उपस्थिति रहेको थियो ।
शान्ति मन्त्री सितादेवी यादवले उद्घाटन गरेर शुरु भएको कार्यक्रमको समापन पूर्व उपप्रधानमन्त्री तथा नेका नेता प्रकाशमान सिंहले गरेका थिए ।

फोटोहरू: सान केसी फेशबुक

 

 


 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।