कागेश्वरी महोत्सवको तयारी पूरा, भोलि फागुन ७ गते भव्यरुपमा महोत्सव हुने

कागेश्वरी महोत्सवको तयारी पूरा, भोलि फागुन ७ गते भव्यरुपमा महोत्सव हुने

कपन अनलाइन, काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी मन्दिरलाई त्यस क्षेत्रको महत्वलाई देशभर फिजाउँन आयोजना गर्न लागिएको कागेश्वरी पर्यटन महोत्सव भोलि फागुन ७ गते आयोजना हुँदैछ । प्रजातन्त्र दिवशको अवसरमा आयोजना हुन लागेको महोत्सवलाई पूर्व सभामुख सुवास नेम्वाङले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्य तथा काठमाडौँको दृष्यावलोकनका लागि उत्कृष्ट ठाउँको रुपमा रहेको कागेश्वरी मन्दिर क्षेत्र उपत्यकाको एक तीर्थस्थल पनि हो । यस क्षेत्रको विकासका लागि र आन्तरिक पर्यटनमार्फत विकासको रेखा कोर्ने हिसाबले यो कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सचिव धावा लामाले कपन अनलाइनलाई बताएका छन् ।
कागेश्वरी पर्यटन महोत्सव आयोजनाका लागि काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयाँल तथा कागेश्वरी मनहरा नगरपालिकाले बजेट व्यवस्था गरेका छन् भने स्थानीयवासी र पर्यटनसँग सम्बन्धित संघसंस्थाको उत्तिकै महत्वपूर्ण साथ सहयोग रहेको सचिव धावा लामा बताउँछन ।
महोत्सवमा १० हजार मानिस आउने आयोजकले आशा गरेको छ भने कार्यक्रमलाई रौनक बनाउन सांस्कृतिक झाँकी र गीतसंगीतको प्रस्तुति पनि रहेको छ । कार्यक्रमको शुरु गागलमा रहेको लोकतान्त्रिक पार्कमा अष्टधातुको कागको मूर्ति प्रतिस्थापन गर्ने ठाउँको शिलान्यासबाट हुनेछ ।

तपाइँको प्रतिक्रिया ।