देशको अस्तित्व जोगाउन नसक्ने प्रधानमन्त्रिले कुर्सि छोडेर जान एमाले उपाध्यक्ष रावलको आग्रह

देशको अस्तित्व जोगाउन नसक्ने प्रधानमन्त्रिले कुर्सि छोडेर जान एमाले उपाध्यक्ष रावलको आग्रह

कपन अनलाइन

एकेन्द्र महता /साफेबगर अछाम

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले देशको अस्तित्व जोगाउन नसक्ने प्रधानमन्त्रिले कुर्सि  छोडेर जान आग्रह गर्नुभयो गर्नु भएको छ । सोमबार नेकपा एमाले अछाम क्षेत्रनम्वर १ को अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै रावलले सो कुरा बताउनु भएको हो । नेपाल समृद्ध भएमात्रै नेपालीको शिर ठाडो र समृद्धि नेपाल हुने हुने बताउनु भएको हो ।

स्थानिय तह, प्रदेश तह र केन्द्रिय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा अगि बढ्नुपर्नेमा प्रचण्ड नेतृत्वको सरकारले संसोधन प्रस्ताव ल्याएर देशमा अन्यौलता श्रृजना गरेको रावलको भनाई छ । पहाड, तराई र मधेशका जिल्लालाई छुट्याँउन खोज्ने कुरा कदापी स्वीकार्य हुन नसक्ने भन्दै पूर्व उपप्रधान तथा रक्षामन्त्रि समेत रहनुभएका नेता रावलले वर्तमान सरकारले देशको अस्तित्व जोगाउन नसकेको बताए ।

रावलले सत्तापक्षले आफु हार्ने डरले स्थानिय निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको आरोप समेत लगाउनुभयो । संविधान संसोधन प्रस्तावमा उल्लेखित कुराहरुमा केपी ओलीले पहिले नै हस्ताक्षर गरेको भन्ने कुरा पनि सबैलाई भ्रममा पार्न प्रचार गरिएको भन्दै रावलले काग्रेस र माओवादीका नेताहरुले पनि १६ बुदे र १४ बुदेमा त्यस्ता हस्ताक्षर गरेको तर कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गर्नुभयो । रावलले देशमा बोलिने बिभिन्न भाषा राष्ट्रिय भाषा भएको तर हिन्दि भाषालाई प्राथमिकता दिने कुराले नेपालको आफ्नो पनलाई समाप्त गर्ने भन्दै त्यस्ता कुराको एमालेले बिरोध गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्रि प्रचण्डले भारत गएर संयुक्त बक्तब्यमा भारतले जे जे भन्यो नेपालले त्यही त्यही गर्ने भन्ने कुरामा सहमती जनाएको आरोप लगाए । जनसंखयको हिसावमा नेपाल सानो भएपनि नेपालको ईज्जत, प्रतिष्ठा कुनैपनि देशको भन्दा कम नहुने भन्दै प्रचण्डको सरकारले नेपालीको ईज्जतलाई कमजोर पार्ने कार्य गरेको भन्दै त्यसको बिरुद्ध एमाले लागेको रावलले बताए ।

यो सरकारको शान्ति सुरक्षा गर्ने, आवस्यक कानून निर्माण गर्ने र चुनाव गर्ने ३ वटा काम मात्रै भए पनि कुनै पनि काम नगरेकाले सरकार असफल भईसकेको रावलले बताए । संविधानले महिला र दलितका लागि थुप्रै अधिकार दिएको भन्दै एमाले नेता रावलले अव जिम्मेवारी लिनका लागि सबै महिला दिदिबहिनी र दलित दाजुभाईहरु तयार रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांगे्रस सभापती र माओवादी केन्द्रका उपाध्यक्ष सहित २ दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गरेका छन अछामको बुढाकोट गाउ कार्य समिती सभापती अर्जुन कुवर, उपसभापती मन्नाजे हुड्के सहित गाउकार्य समितीका सबै एमालेमा प्रवेस भएका छन् ।

यस्तै माओवादी केन्द्र लुंग्रा गाउ कमिटीका अध्यक्ष भुमिनन्द पाण्डे लगाएत दर्जनौ नेताकार्यकर्ता एमालेमा प्रबेस भएका हुन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस नेपाल आमाको अस्तीत्वलाई नै विदेसीको हातमा सुम्पन समेत पछि नहट्ने संकेत देखिएका कारण आफु नेकपा एमालेमा प्रवेस भएको नव प्रवेसी नेताहरुले बताएका छन । आफु कुनै लोभ लालचमा नभई एमाले पार्टी जस्तै सच्चा देश भक्त भएकाले एमालेमा प्रवेस गरेको बताएका छन् ।

नेकपा एमाले अछाम क्षेत्र नंं. १ को कार्यकता भेला का प्रमुख अतीथी नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भीम रावलले अविर लगाएर स्वागत गर्नुभएको थियो ।भेलाका विष्टिअतिथी नेकपा एमालेका बैकल्पिक सदस्य प्रकाश शाह, नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश नं.७ का सदस्य शेर बहादुर कुवंर, प्रदेश नम्बर ७ का सदस्यहरु कुल बहादुर कुवंर,कमल तिमिल्सेना, बम विसि, रुप बहादुर परियार, मिना साउद, नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटी, संगठन विभाग प्रमुख पदम बोहरा,जिल्ला कमिटी सचिवालय सदस्य जंग विक,अल्पसंख्यक तथा जिल्ला कमिटी सदस्य केशर मिया,अनेरास्ववियूका केन्द्रिय सदस्य डम्वर विसी लगाएतले मन्तब्य राख्नु भएको थियो ।

क्षेत्रीय उपाध्यक्ष दीप बहादुर कुवंरले स्वागत मन्तव्य राख्नु भएको भेलाको संचालन क्षेत्रिय कमिटी सचिव चक्र बहादुर रावलले गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।