पुस्तक प्रदर्शनी सुरु

कपन अनलाइन 

काठमाडौँ: नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा आजदेखि पुस्तक प्रदर्शनी सुरु भएको छ ।

 
आगामी माघ १० गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा साहित्य, दर्शन, विभिन्न धार्मिक पुस्तक तथा स्मारिका, शब्दकोशलगायत राखिएका छन् । आदिकविका महत्वपूर्ण कृतिका साथै राजनीतिज्ञ, लेखकको समेत लोकप्रिय कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरी राखिएको छ । ती कृतिको खरिद गर्दा कृति १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ ।

 
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रदर्शनीको उद्घाटन गर्दै लामो समयदेखि सो संस्थाले प्रकाशन गरेका विभिन्न कृति सर्वसाधारण पाठकसम्म पु¥याउनका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विगतमा प्रतिष्ठानले कृति छपाइ गर्दा विभिन्न समस्या आएको बताउँदै उहाँले अब चाँडै नयाँ प्रविधिमैत्री अत्याधुनिक प्रेस प्रयोगमा ल्याइने जानकारी गराउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।