विप्लव माओवादी बूढानीलकण्ठ नगरको पहिलो सम्मेलन पौष २६ गते हुने
कपन अनलाइन
काठमाडौँ : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओवादी) बूढानीलकण्ठ नगर कमिटिको पहिलो सम्मेलन पौष २६ गते हुने भएको छ ।
बालउद्धार माविमा बिहान ११ बजेबाट शुरू हुने सम्मेलनमा केन्द्रीय सदस्य माईला लामाको प्रमुख आतिथ्यता रहने माओवादी बूढानीलकण्ठ कमिटि ईन्चार्ज शिला लामाले कपनअनलाईनलाई बताईन् । सम्मेलनले पार्टीको भावी रणनीति तय गर्ने पनि उनले बताईन् ।
यस सम्मेलनबाट नेतृत्व भने परिवर्तन नहुने माओवादी स्रोतको दावी छ । फागुन १ गतेबाट महाधिवेशन घोषणा गरिसकेको माओवादीले खुल्ला सत्र काठमाडौं र बन्द सत्र रोल्पाको थवाङमा गर्ने यस अघि नै सार्वजनिक गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया ।