चरेससहित पक्राउ

कपन अनलाइन 

धनगढी:  धनगढी उपमहानगरपालिका–१९स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेश बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो । पक्राउ परेका रोकाया यसअघि पनि चरेश मुद्दामा फरारको सूचिमा थिए । उनीहरुमाथि अनुसन्धान थालिएको छ ।
यसैगरी चोरी भएका दुई मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको छ । धनगढी उपमहागरपालिका–१०का मनिस चौधरी, राज चौधरी र रामजित चौधरीलाई विभिन्न मितिमा चोरी भएको से२प ६१३६ र से२प ८५०३ नंको मोटरसाइकलसहित पक्राउ गरिएको थियो ।

फेला परेको रकम सम्बन्धित व्यक्तिलाई बुझाइयो स्थानीय होटेल जलासा प्रालिका संचालक प्रदीप थापाले सडकमा भेटाउनुभएको रु १७ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर उदाहणीय काम गर्नुभएको छ ।
सडकमा बेवारिसे लेडिज पर्समा भेटिएको यो रकम जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएकामा सम्बन्धित व्यक्ति कञ्चनपुर पुनर्वास नगरपालिका–१५ की दुर्गा रानालाई रकम बुझाइएको पनि प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।