घाइते बालकको उपचारको क्रममा मृत्यु

कपन अनलाइन 

लहान: सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट््याक्टरको ठक्करबाट गम्भीर घाइते एक बालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । स १ त ३१८७ नं को ट््याक्टरको ठक्करबाट सिरहाको गोलबजार नगरपलिका–३ निवासी १४ वर्षीय दीपक पासवानको मृत्यु भएको हो ।
बाटो क्रस गर्ने क्रममा गएराति ट््याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पासवानको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट््याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । यस्तै हिजो साँझ रुख काट्ने क्रममा रुखबाट लडेर सिरहाको चतरी–९ निवासी ५० वर्षीय मोतीलाल मुखियाको मृत्यु भएको छ । रासस

तपाइँको प्रतिक्रिया ।