करेन्ट लागेर एक किशोरको मृत्यु
कपन अनलाइन, बैतडी, २९ मङ्सिर ।
करेन्ट लागेर आज बिहान दार्चुलामा एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्चुला धौलाकोट– ४ का १८ वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।
बिहान ७.३० बजे घरको छतमा लुगा सुकाउने क्रममा घरमाथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा बिहान ९ बजे मृत भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । रासस
तपाइँको प्रतिक्रिया ।