नगरवासीलाई परिचयात्मक कार्ड
कपन अनलाइन, काठमाडौँ,१६ मङ्सिर ।
काठमाडौँ महानगरपालिकाको हरेक गतिविति नागरिकसम्म पु¥याउने उद्देश्यले प्रत्येक नगरवासीका घरमा परिचयात्मक कार्ड उपलब्ध गराउने तयारी गरेको छ ।
कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार कामपाको एउटा परिचयात्मक कार्ड नागरिकलाई दिइएपछि कामपाले प्रदान गर्ने जानकारी बेवसाइटबाट उपलब्ध गर्न सकिन्छ ।उक्त वेबसाइटबाट नागरिकले कामपाको सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् । नागरिकका कर्तत्व, नक्सा स्वीकृति, कर दिने–लिने, बक्यौता रकम, कामपाका कामकारबाही र नागरिकका गुनासो समेत त्यसमा रहने छ ।
त्यसैगरी बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापन लगायत सबै कामका बारे जानकारी प्राप्त गर्न सकिनेछ । कामपाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्युटरमा राख्ने काम पनि गर्ने छ । रासस