सिद्धेश्वर क्षेत्रको विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न
कपन अनलाइन ,१४ कात्तिक ।
कपन क्षेत्रमा सामाजिक कार्यको अगुवा संस्था सिद्धेश्वर क्षेत्र विकास उपभोक्ता समितिले एक विशेष कार्यक्रम आयोजना गरी दीपावलीलगायतका नेपालीहरुको महान पर्वको शुभकामना व्यक्त गरेको छ । स्वास्थ्य मन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यक्रममा यस भेकका महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति थियो । कपन क्षेत्रमा परिचय बनेको सिद्धेश्वर महादेव मन्दिर आसपासको ठूलो बस्ती विकासमा भूमिका खेलेको समितिले सामाजसेवा सहित विकास निर्माणमा योगदान पुर्याउँदै आएको छ ।
हिजो नेपालीहरुको महान पर्व दीपावली, छठ, नेपालसम्बत, ल्होसारलगायतको अवसर पारेर संस्थाले समाजका अगुवाहरुलाई सम्मानसमेत गरेको थियो । सम्मानित हुनेहरुमा राजेश दाहाल, बबिता पुरीलगायतका समाजमा केही महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरु थिए ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री गगन थापाले समाजले स्वास्थ्य क्षेत्रमा आफूलाई सजग राख्नु पर्ने बताउँदै सहर विकासको वर्तमान अवस्थाले सहरियाहरुलाई मर्निङ वाक गर्नु समेत स्वास्थ्यका लागि असुरक्षित भएको बताए । स्वास्थ्य मन्त्री थापाले वातावरण र स्वास्थ्य क्षेत्रमा विशेष भूमिका खेल्न संस्थालाई आव्हान गरेका छन् । कार्यक्रमा बोल्दै थापाले कपनका बाटोहरुमा धेरै बजेट पारेका बताउँदै उनले नयाँ निर्माण प्रकृया चलिरहेको यो बाटो बिग्रिएको हैन बन्दै गरेको हो भने । कार्यक्रममा प्रमुख अतिथि बनेका स्वास्थ्य मन्त्री थापालाईसमेत सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुको महत्वपूर्ण उपस्थितिले आफूलाई उत्साहित बनाएको संस्थाका अध्यक्ष डोरप्रसाद आचार्यले कपन अनलाइनलाई बताए ।
हेर्नुस फोटोमा कार्यक्रममा समनित हुने हरुको :
तस्बिर सौजन्य : रमेश भुसालले /फिलिपिन्स डिजिटल स्टुडियो