पेश्कि फर्स्यौटसम्बन्धि कुरा बैठकमा नउठिकन मिडियामा गएको बारे बुनपामा चासो
कपन अनलाइन, २० असार, २०७३
बुनपाको पेश्किसम्बन्धि विषय सहजीकरण समितिको बैठकमा कुनै कुरा नै नउठाई मिडियामा सार्वजनिक गरिएको बारे समितिका सदस्यहरुले चासो व्यक्त गरेका छन् । बुनपा सहजीकरण समिति सदस्य रविन अधिकारी तथा विदुरविक्रम खड्काले असार १७ गते भएको बैठकमा यो विषयमा चासो व्यक्त गरेका हुन् । अधिकारीले लेखा समिति सदस्य कमलउद्धिन मियाले बैठकमा विषयसमेत नबनेको बिषयलाई प्रवक्ताजस्तो मिडियामा बोलेको बारे आलोचना गरेको कपन अनलाइन श्रोतले जनाएको छ । बुनपा बनेको साविक ६ वटा गाविसमा विकास निर्माणलगायत विभिन्न शीर्षकका पेश्कि फस्र्याेट हुन बाँकी १ करोडभन्दा धेरै रकमको विषयमा सहजीकरण समितिको बैठकमा आजसम्म छलफल नभएको र सो विषय एकाएक कर्मचारीले भिडियो बोलेकोमा बिधिवतरुपमा अगाडि बढ्न अधिकारी तथा खड्काले कर्मचारीलाई आग्रह गरेका बताइएको छ ।
यसअघि गतहप्ता बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनी र लेखाप्रमुख कमलउद्धिन मियाँले कपन अनलाइनसँग संक्षिप्तरुपमा पेश्कि फस्र्याेट सम्बन्धि विषयमा बोलेका थिए । हेर्नुस् भिडियो ।लेखाप्रमुख कमलउद्धिन मियाँले कपन अनलाइनसँग संक्षिप्तरुपमा पेश्कि फस्र्याेट सम्बन्धि दिएको धारणा
कपन अनलाइनले गत हप्तादेखि नियमितरुपमा तत्कालिन गाविसको पेश्कीसम्बन्धि प्रकाशन गरिरहेको छ । बुनपाभित्र रहेका केही राजनीतिक दलका नेताहरुलाई कपन अनलाइनमा प्रकाशित भएको समाचारप्रति चित्त नबुझेको भन्ने विषय सार्वजनिक भैरहेकोछ । केही त्यस्ता व्यक्तिहरुले कपन अनलाइनमासमेत फोन गरेर अप्रत्यक्षरुपमा समाचार नराखिदिन भनेका थिए ।
यसैबीच बुढानिलकण्ठ नगरपालिकाको सहजीकरण समितिमा नेकपा एमाललेका तर्फबाट नयाँ प्रतिनिधिका रुपमा आएका विदुरविक्रम खड्कालाई नगरपालिकामा स्वागत गरिएको छ । १७ असारमा बोलाइएको बैठक पूर्व खड्कालाई कर्मचारी तथा पार्टी प्रतिनिधिहरुले स्वागत गरेका थिए । काठमाडौं उत्तरी भेकका पूराना नेता खड्का एमालेभित्रका खरो स्वभाव तथा काम गर्ने नेताको रुपमा परिचित छन् । खड्काले उद्धव खरेलको स्थानलाई पदस्थापन गरेका हुन् ।