वाग्मतीमा सफा पानी बगाउन बाँध निर्माण सुरु

वाग्मतीमा सफा पानी बगाउन बाँध निर्माण सुरु

कपन अनलाइन /काठमाडौँ, २० जेठ ।

प्रदूषित बन्दै गएको वाग्मतीमा हिउँदमा पनि पानी बगाएर सफा बनाउने अभियानअन्तर्गत पानी जमाउने दह बाँध निर्माण सुरु भएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वर्षाद्मा गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धाप भन्ने स्थानमा पानी जमाएर हिउँदमा वाग्मती नदीमा बगाएर सफा बनाउने काम सुरु गरेको हो ।

समितिका अध्यक्ष किशोर शाक्य यो दह निर्माणपछि हिउँदमा ४०० लिटर प्रतिसेकेन्ड पानी वाग्मती नदीमा बगाउन सकिने बताउछन्  । प्रदूषित बन्दै गएको वाग्मतीलाई पानीको बहाव बढाएर सफा बनाउन लागिएको समितिले जनाएको छ ।

समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह २४ मिटर उचाइको बाँध एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको हो  । “बैंकको रु ५१ करोड अनुदान सहयोगमा बाँध निर्माण सुरु भएको छ, विदेशी विशेषज्ञ परामर्शदाता रहेको बाँधको ठेक्का गोन्जाओ लामा रमण निर्माण कम्पनीले पाएको छ” –उनले बताए  ।

वाग्मतीको सहायक नागमती नदीमा पनि बाँध निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको समितिले जनाएको छ । नागमतीमा ठूलो बाँध बनाउने सम्बन्धमा अध्ययन सुरु भएको छ ।

तपाइँको प्रतिक्रिया ।