ह्यान्ड इन ह्यान्ड फाउन्डेसनको गोष्ठी शुरु, समापन भोलि

ह्यान्ड इन ह्यान्ड फाउन्डेसनको गोष्ठी शुरु, समापन भोलि

Hand2Hand (1)

कपन अनलाइन,काठमाडौं, जेठ १५, २०७३

विगत ३ वर्षदेखि बिभिन्न सामाजिक गतिबिधिमा सक्रिय ह्यान्ड इन ह्यान्ड फाउन्डेसनले नयाँ संबिधानमा महिला अधिकार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । आज बुनपा १२ स्थित मिलनचोक पार्टी भेन्यूमा एक औपचारिक कार्यक्रम आयोजना गरी गोष्ठीको शुभारम्भ गरिएको हो । कार्यक्रमका संयोजक ध्रुव भट्टराइका अनुसार संबिधानमा महिलाको बारेमा के लेखिएको छ महिला अधिकार भनेको के हो भन्ने विषयमा महिलाहरुलाई सुसुचित गर्न आवश्यक देखिएकाले यो गोष्ठीको आयोजना गरिएको बताए । भट्टराईले आधा आकाश ओगटेका महिलाहरुहरु नयाँ संबिधानले उनीहरुलाई के दियो भन्ने कुरा थाहा हुन नसकेको तथा संबिधान कार्यान्वयन कसरी गर्ने भन्ने बारेको अन्यौलताका बारेमा जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।

Hand2Hand (3)

कार्यक्रमकी प्रमुख अतिथि पूर्व राष्ट्रिय योजना आयोगकी सदस्य विमला राई पौडेलले महिला अधिकारका विषयमा जानकारी गराउँदै यस्ता खाले कार्यक्रम देशभरी आयोजना गर्नु पर्ने बताइन् । देशभरका सामाजिक संस्था तथा राजनीतिक दलहरुले कार्यकर्ता तथा स्थानीय व्यक्तिहरुलाई सुसुचित गर्न जानकारीमूलक कार्यक्रम गर्नुपर्ने भन्दै ह्यान्ड इन ह्यान्ड फाउन्डेसनको प्रशंसा गरिन् । कार्यक्रममा बोल्दै एमाले बुनपा १२ का अध्यक्ष नवराज भट्टराईले महिलाहरुलाई नयाँ संबिधानको बारेमा जानकारी दिइने यस्ताखाले कार्यक्रम सबै तहतप्कामा लानु पर्ने बताए । संस्थाको अध्यक्ष नवानन्द न्यौपानको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको थियो । प्रशिक्षण भोलि जेठ १६ गते मिलनचोक पार्टी भेन्यूमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुनेछ । ४० जना बिभिन्न क्षेत्रका अगुवा महिलाहरुलाई अधिवक्ताहरु प्रबल शर्मा र विष्णुमाया भुषालले प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक ध्रुव भट्टराईले कपन अनलाइनलाई बताए । कार्यक्रमको समापन भोलि नै सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य राजन भट्टराईबाट हुनेछ ।

Hand2Hand (2)

तपाइँको प्रतिक्रिया ।