एसएलसी केन्द्राध्यक्ष निस्कासनपछि तनावमा कपनको जोसेफ स्कूल

कपन अनलाइन

काठमाडौँ । कपन क्षेत्रमा नाम चलेको जोसेफ हाइ स्कूललमा प्रायः हरेक वर्षजस्तै एसएलसीको परीक्षा केन्द्र रहने गर्दछ । यसै भेकका तथा केही अन्य क्षेत्रका गरी १० देखि २० विद्यालयले यस केन्द्रमा एसएलसी परीक्षका लागि विद्यार्थी पठाउने गरिन्छ । हाल अन्तर्राष्ट्रिय मानवाधिकारवदी संस्था एम्नेस्टी इन्टरनेसलका नेपाल च्याप्टर प्रमुख सूर्यबहादुर अधिकारीको स्कूल भएका कारण पनि जोसेफ स्कूलको नाम, काम र प्रतिष्ठा सँधै महत्वको विषय बन्ने गर्दछ । यो वर्ष पनि जोसेफ हाइस्कूलमा २० विद्यालयका विद्यार्थीहरु एसएलसी परीक्षा दिनका लागि सहभागि छन् । यसरी सहभागि हुने स्कूलहरुमा सरकारी तहका ग्रामशिक्षा स्कूलदेखि निजी तहका प्रिन्सिटन बोर्डिङ स्कूलसम्म सहभागि छन् । यस वर्ष यस केन्द्रका केन्द्राध्यक्ष थिए जोसेफ स्कूलको जुनियर विंग्सका प्राचार्य मनोज उर्फ होमबहादुर अधिकारी ।मनोज अधिकारी सूर्यबहादुर अधिकारीका सहोदर भाइ पनि हुन् ।

एसएलसीको परीक्षा शुरु भयो ।तर परीक्षा सुरु भएको दिन नै सो केन्द्रमा सहभागि विद्यालयका प्रतिनिधिहरुले केन्द्राध्यक्ष बनेका मनोजले पैसा लिएर केन्द्रमा सिट प्लानिङ गरेको आरोप लगाएपछि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी सुरु भएकै दिन उनलाई केन्द्राध्यक्षबाट निस्कासन गरेको छ । मनोजको ठाउँमा केन्द्राध्यक्षको सुदर्शन रिजाललाई बनाइएको छ । मनोजले परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोप लगाएर निस्कासन गरेपछि जोसेफ स्कूलको प्रतिष्ठा कमजोर भएको छ ।

यसरी गलत काम गरेको भनेर सरकारी कार्यवाहीमा परेका स्कूल प्रिन्सिपल मनोज अधिकारीको समाचार पत्रपत्रिका छापिएपछि एम्नेस्टी प्रमुख बनेका सूर्यबहादुर अधिकारी दबाब परेका छन् । जोसेफ स्कूलका प्राचार्य दीपक अधिकारीलाई केन्द्राध्यक्ष नबनाएर जुनियर विंग्सका प्राचार्यलाई केन्द्राध्यक्ष बनाइनुसँग पनि भ्रष्टाचारको गतिबिधि भएको हो भन्ने आवाज पनि उठेको छ ।

यतिखेर उनी संचारमाध्यमहरुमा खण्डन गर्न हिँडिरहेका छन् भने यस खाले समाचार नछाप्न प्रयासरत छन् । मानवाधिकार क्षेत्रमा काम गर्ने व्यक्ति तथा एम्मनेस्टी इन्टनेसल प्रमुख भएका कारण उनका प्रतिष्ठमासमेत यो विषयले प्रभाव परेपछि उनी दवाबमा परेका हुन् ।

12571302_10209260760535557_30126697_n

काठमाडौँ  बुनपा १२ मा रहेको जोसेफ स्कूलको भवन  जहाँ यस वर्षको SLC परिक्षा चलिरहेको छ ।

के भन्छन् सम्बन्धित क्षेत्रका व्यक्तिहरु ?

श्रोत व्यक्ति हरिहर भण्डारीले यो विषयमा हामीले बोल्न नमिल्ने बताए ।

यस भेकका विद्यालय निरीक्षक कर्ण बुढाथोकीले कपन अनलाइनसँग कुरा गर्दै सिडियोको अध्यक्षतामा बनेको परीक्षा समितिले आर्थिक अनियमितता गर्नखोजेको देखेर निस्कासन गरेको हो तर कस्को उजरी भएर निस्कासन गरिएको भन्ने कुरा सार्वजनिक गरिएको छैन भन्ने बताए ।

प्याब्सन काठमाडौंका अध्यक्ष छन्दप्रसाद आचार्यले परीक्षा समितिले गरेको कारबाहीको बारेमा आफ्नो संस्थाले अहिले केही नबोल्ने बताउँदै परीक्षा सकिएपछि यसका बारेमा विस्तृत विवरण दिन सकिने बताए ।

यस बारेमा स्वयम् सूर्यबहादुर अधिकारी भने खाँदै नखाएको विष लागेको बताउँछन् । अधिकारीले १९ वर्ष लामो जोसेफ स्कूलको इतिहासमा यसरी तल्लो स्तरको आरोप लागेको बताउँदै प्रमाणित नहुने आरोपलाई प्रचारप्रसार गर्न रोकिदिन पनि अनुरोध गरेका छन् ।

12957117_759955507439969_1944903482_n

 सूर्यबहादुर अधिकारी

फोटो : कपन अनलाइन डट कम

तपाइँको प्रतिक्रिया ।