बुढानिलकण्ठ भंगाल साहित्य समाज गठन, को को छन कार्यसमितिमा ?

बुढानिलकण्ठ भंगाल साहित्य समाज गठन, को को छन कार्यसमितिमा ?

कपन अनलाइन
काठमाडौं भदौ २९।

मोती जयन्तिको अवसर पारेर बुढानिलकण्ठ भंगाल साहित्य समाज गठन भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको लिटल मुन मावीको सभाहलमा भएको भेलाले सो समाज गठन गरेको हो।

कला साहित्य र रचनात्मक गतिविधि गर्ने उदेस्य सहित स्थापना भएको सो समाजको अध्यक्षमा  राजु तुलाधर रहेका छन भने उपाध्यक्षमा मणिराम लामिछाने चयन भएका छन।

बुढानिलकण्ठमा बसोवास गर्दै आएका विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको सो भेलाले समाजको सचिवमा विश्वनाथ लामिछाने,कोषाध्यक्षमा डा. बुलु शर्मालाई चयन गरेको छ।

त्यस्तै उक्त समाजको सदस्यहरुमा रामहरी भण्डारी,डा.रामराजा पन्थी,मनु प्रसाद गडतौला, रोहन न्यौपाने र निर्मला लामिछाने चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।