नेसनल प्याब्सन बुढानीलकण्ठको अध्यक्षमा कमलमणि न्यौपाने, को को छन कार्यसमितिमा ?

नेसनल प्याब्सन बुढानीलकण्ठको अध्यक्षमा कमलमणि न्यौपाने, को को छन कार्यसमितिमा ?

कपन अनलाइन

काठमाडौं, भाद्र २८।

नेसनल प्याब्सन   बुढानीलकण्ठ नगर समितिको तेस्रो अधिवेशनबाट कमलमणि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा मुरारी चालिसे, सचिवमा पवित्रा राना मगर र कोषाध्यक्षमा शम्भु प्रसाद अधिकारी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दिनेश थापा, मनोज कुमार नेपाल, दीपक ढकाल, रमेश खतिवडा र धनबहादुर गुरुङ चयन भएका छन्।
नवनिर्वाचित समितिलाई बुढानीलकण्ठ नगर एन प्याब्सनको शैक्षिक विकास, संस्थागत विद्यालयहरूको हकहित तथा समग्र शैक्षिक क्षेत्रको सुधारमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रिया ।