राहत,उद्धार तथा पुनर्स्थापनाका लागि बुढानिलकण्ठको १५ लाख ७२ हजार आर्थिक सहयोग

राहत,उद्धार तथा पुनर्स्थापनाका लागि बुढानिलकण्ठको १५ लाख ७२ हजार आर्थिक सहयोग

कपन अनलाइन
काठमाडौं भदौ ११ ।

बुढानीलकण्ठ नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रु. १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

२०८३ भदौ १० गते बसेको बैठकले नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

विपद्को कठिन परिस्थितिमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्व व्यक्त गर्दै नगरपालिकाले राहत, उद्धार तथा पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जारी गरेको सुचनामा  प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्ने तथा विपद् प्रभावित क्षेत्रमा आवश्यक परेमा बुढानीलकण्ठ नगर अस्पतालको Rapid Response Medical Team (RRT) पूर्ण रूपमा परिचालन गर्ने निर्णय समेत गरिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।