काठमाडौं महानगरका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदको दरखास्त आह्वान

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदको दरखास्त आह्वान

कपन अनलाइन

काठमाडौं, भाद्र २।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयहरूमा रिक्त रहेका तथा पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका विद्यालयका प्रधानाध्यापक पदमा पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक स्थायी शिक्षकहरूबाट दरखास्त आह्वान गरिएको छ ।

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा यस महानगरपालिकाको निर्णयानुसार योग्य उम्मेदवारहरूले मिति २०८३ भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा रीतपूर्वकको दरखास्त पेस गर्न सूचित गरिएको हो।

विज्ञापन गरिएका विद्यालयहरूको नामावली, उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया तथा अन्य विस्तृत विवरण र दरखास्त फारामको ढाँचा काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा महानगरपालिकाको शिक्षा विभागबाट प्राप्त गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।