बुढानीलकण्ठ नगरपालिकाद्वारा जुता बनाउने तालिमका लागि आवेदन आह्वान
कपन अनलाइन
काठमाडौं,साउन २१। बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रका युवाहरूलाई सीपमूलक तालिममार्फत रोजगारीसँग जोड्ने उद्देश्यले जुता बनाउने सम्बन्धी On-the-Job Training (OJT) सहितको तालिम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी सिर्जना तथा प्रवर्द्धन गर्ने उद्देश्यले चाँगुनारायण फाउन्डेसन को सहकार्यमा २० जना सहभागीका लागि उक्त तालिम सञ्चालन गर्न लागिएको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने १८ देखि ३५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नगरपालिकाको रोजगार सेवा केन्द्र/श्रम डेस्क मा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।
आवेदनका लागि आवश्यक कागजातहरू:
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (१ प्रति)
बुढानीलकण्ठ नगरपालिकामा बसोबास गरेको प्रमाण खुल्ने कागजातको प्रतिलिपि (१ प्रति)
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (१/१ प्रति)
जुता बनाउने सम्बन्धी अनुभव भए अनुभव खुल्ने कागजातको प्रतिलिपि (१ प्रति)
