रिलायन्स कलेजको ‘करियर टक-२०८३’ सम्पन्न

रिलायन्स कलेजको ‘करियर टक-२०८३’ सम्पन्न

कपन अनलाइन

काठमाडौं असार २९।

रिलायन्स कलेजको आयोजनामा  ‘रिलायन्स करियर टक–२०८३’ आइतबार कलेज परिसरमा सम्पन्न भएको छ।

कक्षा १२ उत्तीर्ण गरी ‘अब के पढ्ने, कुन कलेज र विषय रोज्ने तथा बजारमा विषयगत सम्भावना र चुनौती के-कस्ता छन् ? आदि विषयमा  विद्यार्थीहरूलाई परामर्श प्रदान गरिएको थियो ।

सो कार्यक्रममा पूर्व मिस नेपाल सुगरिका केसीले सहजीकरण गरेको उक्त छलफलमा सीएनएन हिरो एवं सामाजिक अभियन्ता पुष्पा बस्नेत, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, तथा रिगो नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मुकुन्द पोखरेल प्यानलिस्टका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाले करियर टक कार्यक्रमले विद्यार्थीलाई उच्च शिक्षा, रोजगारी र उद्यमशीलतासम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्दै भविष्यको करियर छनोटमा ठोस सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तपाइँको प्रतिक्रिया ।