बुढानिलकण्ठ  नगरपालिका र न्यूरो अस्पताल विच सम्झौता,नगरवासीले उपचार सुविधा पाउने

बुढानिलकण्ठ  नगरपालिका र न्यूरो अस्पताल विच सम्झौता,नगरवासीले उपचार सुविधा पाउने

कपन अनलाइन

काठमाडौं असार २९।

बुढानिलकण्ठ  नगरपालिकाले बाँसवारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस् (न्यूरो अस्पताल)  विच सहकार्य  सम्झौता भएको  छ।

उक्त सम्झौताका  अनुसार नगरपालिकाभित्रका स्थायी बासिन्दा र नगर कर्मचारीले न्युरो सम्बन्धी उपचारमा छुट पाउनेछन्। सो सम्झौताका  अनुसार बुढानीलकण्ठमा स्थायी मतदाता रहेका वा घर निर्माण सम्पन्न गरिसकेका नागरिकले नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा घर निर्माण सम्पन्न प्रमाणपत्र लिएर नगरपालिकामा निवेदन दिनुपर्नेछ।

नगरपालिकाले तोकिएको ढाँचामा सिफारिस दिएपछि सोही सिफारिसका आधारमा अस्पतालले सेवा उपलब्ध गराउनेछ भने नगर कर्मचारीले चाहिं आफ्नो परिचयपत्रको प्रतिलिपि संलग्न गरे नै यो सुविधा पाउनेछन् ।

यस सम्झौता अन्तर्गत ओ.पी.डी., बेड चार्ज, शल्यक्रिया, ल्याब र रेडियोलोजी जस्ता सेवामा १५ प्रतिशतसम्म छुट पाइनेछ।

तपाइँको प्रतिक्रिया ।