काठमाडौं माइल सम्पन्न
कपन अनलाइन
काठमाडौं असार २७ ।
एम्स ग्लोबल माइल अन्तर्गत काठमाडौं माइल शनिवार सम्पन्न भएको छ । नक्साल नारायणचौरदेखि सुरु भइ दरबारमार्ग पुगेर पुनः नारायणचौरमै सम्पन्न भएको काठमाडौं माइलमा सहभागी सम्पुर्णलाई मेडल र प्रमाणपत्र वितरण गरियो ।
काठमाडौं माइलका डाइरेक्टर कपिल थापाका अनुसार एक माइल दौडले सहभागीलाई लामो दौडतर्फ आकर्षित गर्नेछ ।साथै, ग्लोबल अभियान अन्तर्गत भएकाले हरेक सहभागीलाई एम्स प्रेसिडेन्ट पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोकाले हस्ताक्षर गरेको प्रमाणपत्र पाउँदा त्यसको महत्व हरेक सहभागीले अनुभुति गरेको डाइरेक्टर थापाले बताए ।
अर्को बर्ष काठमाडौं माइल बृहत ढंगले गर्न आफुलाई उत्साह थपेको उनले बताए । कार्यक्रम संयोजक ममता थापाले काठमाडौं जस्तो ठाउँमा वन ग्लोबल माइलको महत्व बुझ्नेको संख्या उल्लेख्य भएको हुँदा आगामी संस्करणमा यसको दायरा फराकिलो बन्दै जाने अपेक्षा गरेको बताइन् ।
