३३ वर्ष देखि अन्यौलमा बुढानिलकण्ठवासी: विरोध प्रदर्शनको तयारी,मठाधिस हटाउन निवेदन
कपन अनलाइन
काठमाण्डौ ,असार १५।
केहि दिन अगाडी अदालतको आदेश भन्दै जिल्ला प्रसासन कार्यालय लगायतका प्रतिनिधिहरु एकाएक बुढानिलकण्ठ मन्दिर क्षेत्रमा आएर त्यहा रहेको जग्गा र घरहरुला बारेमा जानकारी मागे संगै स्थानीयहरु आतंकित बनेका छन।
विगत ३३ वर्ष देखि आफ्नो सम्पत्तिको कुनै पनि बैंकिङ्ग सहित व्यावसायिक प्रयोजनमा उपयोग गर्न नपाएको पिडामा रहेका स्थानीयहरुलाई अदालतको आदेशको हवाला दिदै सरकारका विभिन्न निकायका प्रतिनिधिहरुले सोधपुछ गरे संगै स्थानीयहरु कानुनी उपचार खोज्नुका साथै विरोध प्रदर्शन गर्ने तयारीमा रहेको स्थानीय बाल कृष्ण श्रेष्ठले बताएका छन।
असार १४ गते भएको स्थानीयहरुको भेलामा अदालतको फैसलालाई उल्लेख गर्दै अधिवक्ता राजेश खड्काले अहिले नै त्यहाँ रहेका स्थानीय घर र संरचना माथि धरपकड गर्ने कार्य नहुने बताउदै यसका लागि आफुहरु कानुनी उपचारमा जाने जानकारी दिएका थिए।
२९४४ साल भाद्र ३१ गते तत्कालिन जिल्ला प्रसासनले सुचना निकालेर सो स्थानको जग्गा अधिग्रहण गर्ने प्रक्रियाको सुरुवात गरे पनि हाल सम्म ४८ मध्य ७ रोपनी जग्गाको मात्र मुआब्जा वितरण भएको जानकारी दिदै स्थानीयहरुले ३३ वर्ष देखि आफुहरुले त्यहा रहेको सम्पत्ति बेच बिखन र बैंकिंग प्रयोजनमा उपयोग गर्न नपाएको गुनासो समेत गरेका छन ।
पंचायत कालमा अधिग्रहणको निर्णय भएर रोक्का राखिएको सो स्थानका जग्गाहरु हाल सम्म पनि फुक्का नभएको र सरकारका तर्फबाट मुआब्जा दिने प्रक्रिया समेत शुरु नभएकोले स्थानीयहरु अब आरपारको लडाईका लागि प्रदर्शनमा उत्रने तयारीमा रहेको विष्णु बुढानिलकण्ठ गाविसका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ बताउछन।
२०४२ शालमा अधिग्रहणको प्रक्रिया शुरु भएदेखि हालसम्म १५ जना घरधनीलाइ मुआब्जा दिएको सामान्य निस्सा भएपनि अन्य आवस्यक कागजातहरुको खोजि हुनुपर्ने माग गर्दै स्थानीयहरुले यस समस्याको अविलम्ब छिनोफानो गर्न सरकारलाई माग समेत गरेका छन ।
बुढानिलकण्ठ मन्दिरका मठाधिस हटाउन स्थानीयको निवेदन : धर्म रक्षक भन्दा राजनीतिज्ञ बढी भएको आरोप
गुठी संस्थानको कर्मचारीका रुपमा सो मन्दिरमा मठाधिसको नियुक्ति पाएका श्री १००८ निगमानंद स्वामीलाई हटाउनु पर्ने भन्दै स्थानीयहरुले गुठी संस्थान को केन्द्रीय कार्यालयमा निवेदन दिएको खुलासा भएको छ।
बुढानिलकण्ठ मन्दिर जस्तो धार्मिक सम्पदाको संरक्षण र प्रवर्धन गर्नुपर्ने व्यक्तिले स्थानीय राजनीतिज्ञ जस्तो गरेर काम गरेको भन्दै स्थानीयहरुले उनलाई हटाउन निवेदन दिएका हुन्।
बुढानिलकण्ठ नगरपालिका मातहत रहेको बुढानिलकण्ठ क्षेत्र विकास समितिलाई काम गर्न नदिने उदेस्यले उनले विभिन्न चलखेल र राजनीतिक दाउपेच गरेको आरोप लगाउदै स्थानीयहरुले सो मन्दिरको आर्थिक कारोवार सार्वजनिक गर्न समेत माग गरेका छन।
हेर्नुहोस स्थानीयको निवेदन :






