बौद्ध चिल्ड्रेन हेवनबोर्डिङ स्कुलमा NESA को हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाण्डौ, असार १४।
असार १२गते नेसा (NESA) अन्तर्गतका सदस्य विद्यालयहरु बिच भएको अन्तर –विद्यालय स्तरीयहाजिरी जवाफ प्रतियोगितामा का.म.पा. ६ रामहिटी , बौद्धमा अवस्थित बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलको संयोजकत्वमा सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थानमा क्रमशःघटराज मेमोरियल स्कुल , एजेज् ग्रेडेड स्कुल र हिमशिला बोर्डिङ स्कुलले हासिल गर्न सफल भएकाथिए ।प्रतियोगितामा सरस्वती एकेडेमी स्कुल, बौद्ध चिल्ड्रेन हेवन बो. स्कुल र माण्डु एकेडेमीले सान्त्वना स्थान हासिल गरेका थिए ।
उक्त हाजिरी जवाफ प्रतियोगिताका संयोजक बौद्ध चिल्ड्रेन हेवनबोर्डिङ स्कुलका प्रिन्सिपल ललित शर्माले यस प्रकारका प्रतियोगिताले बालबालिकाहरुमा बौद्धिक क्षमताको विकास गर्नुका साथै अहिले कृतिम बौद्धिकताको युगमा मोबाइल, ल्यापटप जस्ता विद्युतीय सामाग्रीमा सामान्य ज्ञानका कुराहरु प्रचुर मात्रामा पाइने र यसलाई बौद्धिक विकासमा उपयोग गर्न सकेमा युग सुहाउँदो ज्ञान हासिल गर्न सकिने कुरामा दुईमत नरहने पनि बताएका थिए ।
क्वीज मास्टर रन्जित गुप्ता र अनु तामाङले सञ्चालन गरेको उक्त प्रतियोगितामा नौ ओटा नेसा सदस्य विद्यालयहरुबाट (प्रत्येक विद्यालयबाट ४÷४ जनागरी) जम्मा ३६ जना छात्रछात्रा सहभागी भएका थिए ।
तपाइँको प्रतिक्रिया ।
