रिलायन्स कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

रिलायन्स कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,असार१।

रिलायन्स इन्टरनेशनल एकेडेमी, सरस्वतीनगरले शैक्षिक सत्र २०८३ का कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूका लागि  अभिमुखीकरण कार्यक्रम  सम्पन्न गरेको छ।

शनिबार चाबहिलस्थित स्मार्ट प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापनको उत्साहजनक सहभागितामा भएको  कार्यक्रमको सुरुवात बटुकद्वारा गरिएको स्वस्तिवाचन, दीप प्रज्वलन तथा ध्यान अभ्यासबाट गरिएको थियो।

सो कार्यक्रममा  स्वागत मन्तव्य राख्दै सहायक प्रधानाध्यापक नन्दु कुशवाहले रिलायन्स केवल परीक्षा उत्तीर्ण गराउने संस्था नभई विद्यार्थीको प्राज्ञिक, सामाजिक र संवेगात्मक विकासमा केन्द्रित शिक्षालय भएको बताएका थिए।

कार्यक्रममा सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट राजु कुमार सिवाकोटी, शिक्षक प्रतिनिधि बीबी क्षेत्री तथा विज्ञान संकायका विजय उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्दै सफलता प्राप्तिका लागि अनुशासन, निरन्तरता, मेहनत र समर्पण अपरिहार्य रहेको धारणा राखेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष रविन्द्रजंग थापाले रिलायन्स केवल शैक्षिक संस्था नभई विद्यार्थीभित्र लुकेको सम्भावनालाई पहिचान गरी त्यसलाई उपलब्धिमा रूपान्तरण गर्ने मार्गदर्शक शिक्षालय भएको बताएका थिए । “हरेक विद्यार्थीभित्र असाधारण क्षमता लुकेको हुन्छ। रिलायन्सले त्यो क्षमतालाई उजागर गर्ने वातावरण, अवसर र मार्गदर्शन प्रदान गर्छ।

तपाइँको प्रतिक्रिया ।