“बुढानीलकण्ठ–१० मा फुटबलको उत्सव: बोधी सदनलाई उपाधि, सोहन खड्का उत्कृष्ट खेलाडी”

“बुढानीलकण्ठ–१० मा फुटबलको उत्सव: बोधी सदनलाई उपाधि, सोहन खड्का उत्कृष्ट खेलाडी”

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजना तथा Ignit Nepal को सहकार्यमा सञ्चालित अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८३ सफलतापूर्वक सम्पन्न भएको छ।

जेठ २९ र ३० गते दुई दिनसम्म बुढानीलकण्ठ–१० स्थित कपन ह्यान्डबल तथा मल्टिपर्पज ग्राउण्डमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न १६ विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको फाइनल खेलमा सम्पूर्ण प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै बुढानीलकण्ठ—१२ स्थित, बोधि सदन सेकेण्डरी स्कुल विजेता बन्न सफल भएको छ ।

विजेता टोली ले नगद रु. २०,०००/-, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका व्यक्तिगत विधातर्फ बोधी सदन सेकेन्डरी स्कुलका विद्यार्थी सोहन खड्का ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

त्यसैगरी बोधी सदनकै रविन खत्री उत्कृष्ट गोलकिपर घोषित भए। कार्यक्रममा वडा नं. १० का प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक, खेलप्रेमी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक पक्षले आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।