एसईईमा जिपिए ४ ल्याउने ८६ विद्यार्थीहरुलाई बुढानिलकण्ठको नगद सहित सम्मान, को को छन ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १३।
२०८२ शालको एस ई ई परिक्षामा जिपिए ४ ल्याउने ८६ जना विद्यार्थीहरुलाई बुढानिलकण्ठ नगरपालिकाले नगद सहित सम्मान गरेको छ। नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाको आयोजनामा भएको कार्यक्रममा उत्कृस्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो।
नगरपालिकाको सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक विद्यालयहरुमा उत्कृस्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने घोषणा गर्दै विभिन्न अभियानहरु संचालन गरिएको बताउदै सिंहले हरेक वर्ष जिपिए ४ ल्याउने विद्यार्थीहरुको शंख्या बढ्दै गएको खुसि व्यक्त गर्दै सम्मानित विद्यार्थीहरुलाई बधाई ज्ञापन समेत गरेका छन।
सो कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला सहित वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो।
को को छन सम्मानित विद्यार्थीहरु ?



