SEE मा उत्कृस्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई त्रि–ज्योति माध्यमिक विद्यालयको सम्मान

SEE मा उत्कृस्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई त्रि–ज्योति माध्यमिक विद्यालयको सम्मान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १२।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ कपनमा रहेको  त्रि–ज्योति माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक परीक्षा SEE २७ औँ व्याचबाट  उत्तीर्ण विद्यार्थीहरुहरुलाई सम्मान गरिएको छ।

विद्यालय संचालक समितिका अध्यक्ष   केशवप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा   विद्यालयका प्राचार्य  गणेशकुमार मिश्रले स्वागत मन्तव्य राखेका थिए भने  सञ्चालन विद्यालयकी इन्चार्ज अन्जु लामाले गरेकी थिइन्  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जी.पी.ए. ४ प्राप्त गर्ने  विद्यार्थी छात्रा अग्रता नेपाल र छात्र किरण पाण्डेलाई विद्यालयका तर्फबाट नगद रु ५००० र रु. १ लाखको छात्रवृत्ति पनि उपलब्ध गराइएको थियो ।

सो कार्यक्रममा   SEE परीक्षामा चार जी.पी.ए. प्राप्त गरेका विद्यालयका मेधावी छात्रा अग्रता नेपालले आफु र आफ्ना सहपाठीले विद्यालय र शिक्षकबाट पाएको मार्ग निर्देशनले नै आज यो सफलता पाएकोधारणा ब्यक्त गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।