गोकर्णेश्वरका ३ वटा वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन नगरको आग्रह
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १२।
गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण र कृषकलाई आग्रह गरेको छ ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै संक्रमित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा तथा दाना सुरक्षित रूपमा नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाइएको जनाएको हो ।
रोग फैलिन नदिन पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाउदै नगरपालिकाले प्रवेश गर्नै परे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।
