Embassy of Pakistan 9th Annual speech competition 2026 मा रिलायन्स कलेज प्रथम

Embassy of Pakistan 9th Annual speech competition 2026 मा रिलायन्स कलेज प्रथम

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५।

एम्बेसडर अफ पाकिस्तान 9th Annual speech competition 2026 मा रिलायन्स कलेज BSW प्रथम वर्षकी छात्रा विश्वकला नेपालले प्रथम स्थान हासिल गरेकी छन ।चाबहिल सरस्वती नगरमा रहेको सो कलेजकी  नेपालले WILL AI ENGULF LIBRARIES शीर्षकमा आयोजित Speech Competition मा प्रथम स्थान प्राप्त गरेकी हुन्।

उक्त प्रतियोगितामा  नेपालभरिका सयौं विद्यार्थीहरू मध्येबाट छानिएका अन्तिम १५ प्रतियोगी विद्यार्थीहरूले प्रत्यक्षरूपमा आफ्नो प्रस्तुति दिएका थिए।

सो प्रतियोगितामा  सेन्ट जेभियर्स, केएमसी ,रातो बङ्ला, भिएस निकेतन लगायतका विद्यालय तथा कलेजहरूका विद्यार्थीहरुलाई उछिन्दै रिलायन्स कि विश्वकला नेपाल प्रथम स्थान हासिल गर्न सफल भएकी हुन ।

उनले ४० हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भइन्।

तपाइँको प्रतिक्रिया ।