टेबलटेनिस टोली दक्षिण कोरिया प्रस्थान

टेबलटेनिस टोली दक्षिण कोरिया प्रस्थान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ३।

दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने याङ यङ जा टेबलटेनिस मिसन      (वाइटीटीए) अन्तर्राष्ट्रिय प्रशिक्षण शिवीरमा सहभागी ६ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको इन्चोन प्रस्थान गरेको छ ।
प्रशिक्षण शिवीरपछि यिनै खेलाडीले मे २७ तारिखमा हुन अन्तर्राष्ट्रिय क्रिस्चियन टेबलटेनिस प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रशिक्षण शिवीर र प्रतियोगितामा सहभागी हुने खेलाडीमा यु–१३ मा रिभानमुनि बज्राचार्य र  प्राज्ञा महर्जन, यु–१६ मा रिजन शाक्य र सुरम्या शाक्य तथा यु–१९ मा हिमाल बिष्ट र योङ्गी पौडेल रहेका छन् ।टोली व्यवस्थापकको रूपमा हान्न को रहेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
यस प्रशिक्षण शिविरका लागि खेलाडी छनोट गत अक्टोबर ५, २०२५ मा ललितपुरको भैंसेपाटीस्थित नेपाल एपीएम क्लबमा भएको थियो । प्रतियोगितामा यु–१३, यु–१६ र यु–१९ उमेरसमूहका छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक विधाका विजेता खेलाडीलाई दक्षिण कोरियाको प्रशिक्षण शिविरका लागि छनोट गरिएको कोषाध्यक्ष महर्जनले जानकारी दिए ।
प्रशिक्षण शिविरमा नेपालसहित फिलिपिन्स, लाओस र मंगोलियाका गरी २५ जना खेलाडीहरूको सहभागिता रहने छ ।
उक्त शिविरको नेतृत्व सन् १९८८ की ओलम्पिक स्वर्ण विजेता दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ यङ जा ले गर्नेछिन् । सहभागी खेलाडीहरूले उनी तथा उनको प्रशिक्षक टोलीसँग प्रत्यक्ष प्रशिक्षण लिने अवसर पाउने छन् ।
याङ यङ जा विगत ७ वर्षदेखि नेपाली टेबलटेनिसको विकासमा सक्रिय रूपमा सहयोग गर्दै आएकी छन् । उनले नेपालमा तीन पटक टेबलटेनिस क्लिनिक सञ्चालन गरिसकेकी छन् भने नेपाली युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा विकासका लागि निरन्तर योगदान पु¥याउँदै आएकी छन् । टोलीलाई कोषाध्यक्ष महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबारै बिदाइ गरे ।

तपाइँको प्रतिक्रिया ।