एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता आयोजना हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१।

GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club ले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएकोछ ।सो  प्रतियोगिता जेठ८र ९गते (May 22-23, 2026) बत्तीसपुतली स्थित गोल्डेनगेट इन्टरनेशनल कलेज परिसरमा सञ्चालन हुनेछ।

विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रियस्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ।१३ पटक राष्ट्रिय च्याम्पियन बन्नसफल गोल्डेनगेट बास्केटबल क्लबले युवा खेलाडीहरूलाई आफ्नोक्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेविश्वास लिएको छ।

प्रतियोगितामा विजेता टोलीलेनगदरु. २०,००० तथा उपविजेताटोलीले नगद रु. १०,००० पुरस्कार प्राप्त गर्नेछन्।साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी (MVP) लाई विशेषरूपमा बास्केटबल जुत्ता प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाईवरिष्ठ प्रशिक्षक मनिष नाकर्मी तथा राष्ट्रिय खेलाडीहरूको प्रशिक्षणमा सञ्चालन हुने१५दिनेनिःशुल्क बास्केटबल क्याम्पमा सहभागी हुनेअवसर समेत प्रदान गरिनेछ।उक्त क्याम्प मार्फत विद्यार्थीहरूले आफ्नो खेलकुद सीप विकास गर्ने अवसर प्राप्त गर्नेछन्।सहभागी हुने सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरूले कलेजमा विशेष छात्रवृत्तिमा कक्षा ११ मा भर्ना हुने अवसर पाउनेछन्।

साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गोल्डेन गेटको १३पटक राष्ट्रिय च्याम्पियन बास्केटबल क्लबमा आबद्धहुने अवसर पनि प्रदान गर्न सकिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन प्रति टोलीरु. १,०००प्रवेशशुल्कनिर्धारणगरिएकोछ।इच्छुक टोलीहरूले अनलाइन फारममार्फत दर्ता गर्न सक्ने छन्:

दर्ताफारम (https://forms.gle/J54hLeAr4W5uoJai6)

थप जानकारीका लागि:
९८४०३८६७०७ / ९८०३१२२०७०

 

तपाइँको प्रतिक्रिया ।