बुढानिलकण्ठ प्रहरी प्रभाग परिसरमा दुर्गा भगवती मन्दिर उद्धघाटन

बुढानिलकण्ठ प्रहरी प्रभाग परिसरमा दुर्गा भगवती मन्दिर उद्धघाटन

कपन अनलाइन

काठमाण्डौ ,चैत २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं.३ स्थित रहेको प्रहरी प्रभाग बुढानिलकण्ठको परिसर भित्र निर्माण सम्पन्न भएको दुर्गा भगवती मन्दिरको उदघाटन गरिएको छ।

काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक  ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त मन्दिरको उद्घाटन गरिएको हो।

बुढानिलकण्ठ प्रहरी प्रभागको परिसरमा निर्माण भएको सो मन्दिरका लागि सहयोग गर्ने सम्पूर्णमा निर्माण समितिका संयोजक सरोज श्रेष्ठले धन्यवाद दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।