बागमती टेबलटेनिसमा ललितपुरका नदिमरत्न शाक्य
कपन अनलाइन
काठमाण्डौ ,चैत २४।
ललितपुरका नदिमरत्न शाक्यको संयोजकत्वमा बागमती प्रदेश टेबलटेनिस संघ, तदर्थ समिति मंगलबार गठन गरिएको छ । ललितपुरको एकान्तकुनामा भएको भेलाले शाक्यको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले जनाएका छन् ।
समितिको सह–संयोजकमा काठमाडौं रक्त मानन्धर र ललितपुरकी रजना जोशी, सचिवमा भक्तपुरका प्रेम खर्बुजा तथा कोषाध्यक्षमा ललितपुरका सुरज वज्राचार्य चयन भएको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जानकारी गराए ।
सदस्यमा काभ्रेपलाञ्चोकका विशालविक्रम कायश्थ र दिपकप्रसाद थपलिया, ललितपुरका धनबहादुर महर्जन तथा चितवनका प्राचिन श्रेष्ठ छन्।
तपाइँको प्रतिक्रिया ।
