बुद्धिचाल टोलीको बिदाइ
कपन अनलाइन
काठमाण्डौ ,चैत १९।
दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे ।
चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । रुपेश जैश्वाल, आशिष फुयाल र कृतिशरा अधिकारी सहभागी हुने छन् । व्यवस्थापकमा ताराबहादुर रानाभाट छन् ।
अप्रिल ६ देखि ११ तारिखसम्म काजाकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वल्र्ड स्कुल टिम प्रतियोगितामा ५ खेलाडी सहभागी हुने छन् । खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् ।
व्यवस्थापकमा निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् । दुवै टोली आइतबार आ–आफ्नो गन्तब्य प्रस्थान गर्ने छन् ।
