श्री सेलाङ माध्यमिक विद्यालयमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ,चैत १।
श्री सेलाङ माध्यमिक विद्यालयले सामाजिक विषयका शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। जुगल गाउँपालिका–९ सेलाङस्थित उक्त विद्यालयले रिक्त रहेको माध्यमिक तह राहत कोटाको शिक्षक पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
विद्यालयले प्रकाशित गरेको सूचनाअनुसार एक जना सामाजिक विषयका शिक्षक करार सेवामा नियुक्त गरिनेछ। शिक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षक सेवा आयोगले निर्धारण गरेको मूल विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै उच्च शैक्षिक योग्यता तथा अध्यापन अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने विद्यालयले जनाएको छ।
आवेदकको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त पेश गर्दा शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि तथा हस्तलिखित निवेदन अनिवार्य रूपमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
