प्रचारमुखी विकास र प्ररिणाममुखी भोट : सुर्य नारायण श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
विश्वबजारीकरणको बुज“बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामलपनि नबिक्ने” यै सर्वमान्यविचारबाट नै हुनुपर्छ बजारीकरण मार्केटिङको उत्पति भएको मान्दा फरक नपर्ला । २०८२ फाल्गुन २१ गतेको चुनावी घोषणा सँगै राजनैतिकविचार धाराहरु पनि दिनानुदिन आकाशवाणी भईरहेछ मानौ अब आकाश नै पल्टिन्छ , अब विकल्पहरु सबै समाप्त नै भईसक्यो ।
अनुकूलन क्षमता“Fitness for survival” अब उसको विचारमा नलाग्ने हो भने जीवन सक्यो । दर्जन भन्दा बढी राजनैतिक नयाँ पार्टीहरु खोल्नेक्रम जारी नै छ । हुन त राजनैतिक दल खोल्ने, बन्दगर्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो । असली बाजेको पेडा पसल खोल्ने क्रमजारी नै छ । नँयानँया रङ्ग पाटेर, नँया ढङ्गबाट गाँउ देखि सहर, हिमाल देखि तराई सम्म चलनचल्ती नै यही छ ।
साना तथा मझौला व्यवसायीको २० लाखमुनीको कर्जा, र २ लाखजनालाई कालोसुचीबाट फुकुवागर्नु सबै वाणिज्य बैकहरुलाई सरकारीकरण गर्नुपर्ने मागले बजार तताइरेको छ, केही समुह यही माग लिएर आन्दोलित छ । यी माग सम्बोधनगर्न असम्भवपनि त छैन नि? असम्भव किन छैन भने यी माग नाजायज होइनन् तर सरकार असक्षम छन माग सम्बोधन गर्न ।
हुनत अघिल्ला सरकारहरुले बत्ती मात्रबाले पनि ठूलै उपलब्धी ठान्ने कार्यकर्ता छन् , घर घरमाग्यास पाइपलाइन जोडी दिएका छन्, मेट्रो रेल र पानीजाहज दिनदिनै चढेकै छम् त्यसले दैनिकी सहज भएकै छ । स्वस्थ, शिक्षा बिजुली सबै निशुल्क छन् अब यी सब कुरा बिक्ने अनि ऋण मिनाह चै सपनामात्रै हुने । के निजी लगानी भएको वित्त व्यवसायहरुलाई सरकारी स्वामित्वमा ल्याउनअसम्भव छ र ? त्यी व्यवसायहरुमा केही प्रतिशत सेयर स्वामित्व सरकारले लगानी गरी सरकारी लगानी बढाउनु पर्छ । जसले व्यवसायको विश्वसनियता अझ मजबुत बनाउछ, व्यवसायीक वातावरण निमार्ण गर्न मद्दत पुर्याउछ।
अब अर्को पाटो भनेको युवा विदेश पलायन , युवा पलायन बेरोजगारीले मात्र निम्ताएको छैन सम्मानजनक रोजगारमा रहेकाहरु पनि पलायन भईरहेका छन् । आ.ब २०८०/८१ मा मात्र ७७१००८ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क वैदेशिक रोजगार विभाग सँग छ भने बिना स्वीकृति रोजगारीमा जानेहरु तथ्याङ्क बाहिरै छन् ।
रोजगारीमा भएकाहरुलाई आफ्नै देशमा स्थापित गर्न सम्मान सेवा सुविधामा वृद्वि गरी गुणस्तरीय जीवनयापन गर्नसक्ने आधारभुत सेवाहरु सुनिश्चीत गर्नु पर्छ । स्वदेशमै उत्पादन सँग श्रमलाई जोडीनु पर्दछ ताकी दिर्घकालीनमा रेमिटान्स बाट निर्भर अर्थतन्त्रलाई स्वदेशि उत्पादनले पुनस्थापन गर्न सकियोस । यँहा न त कुनै व्यवस्थित श्रेत्र छ न त व्यवस्थापन गर्न सक्ने नितिनियम नै व्यवस्थित ठगबाट लागु भएको पाइन्छ । यहाँ निति बनाउनेले नै थिति बिर्सछन् । घाम डुबिसकेपछि दैलो देख्ने अनिफलानो तिलानो फलाक्दै जपगर्ने हाम्रो सस्कार नै छ । अनि चुनावको मुखैमा अनेक प्रचारमुखी विकास र प्ररिणाममुखी भोट रचना हुदैछ ।
