काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत,डा.राजन भट्टराई बनाउने प्रयास सफल बनेन
कपन अनलाइन
काठमाण्डौ ,पुस २०।
नेकपा एमालेले काठमाण्डौ क्षेत्र नं ५ बाट नेता ईश्वर पोखरेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।
पुस २० गते भएको भेलामा पोखरेल सहित दिपक निरौला,दिपेन्द्र श्रेष्ठ र शान्ति अधिकारीको नाममा छलफल भएकोमा नेता पोखरेलले निर्वाचनमा जाने तयारी गरेमा सर्वसम्मत पठाउने निर्णय भएको थियो।
सो अवसरमा काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एमालेको तर्फबाट पोखरेल नभएमा अन्य बैकल्पिक नाममा वर्णनुक्रम अनुसार किरण शाह, दिपक निरौला,दिपेन्द्र श्रेष्ठ,नारायण सिलवाल र शान्ति अधिकारी लगायतको नाम सिफारिस गरिएको थियो।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ५ को भेला तथा छलफलमा नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराईको नाम एकल सिफारिस हुनुपर्ने केहि जिल्ला कमिटी सदस्यहरुल माग गरे पनि उक्त प्रस्तावलाई अस्विकार गरिएको एक जिल्ला कमिटी सदस्यले जानकारी दिएका छन।
यसै क्रममा पुस २० गते भएको भेलामा नाम प्रस्ताव नभएपनि आजको छलफलमा नेता नारायण सिलवालको नाम पनि आएको र सिफारिस भएको थियो भने डा. भट्टराईलाई सिफारिस गर्नुपर्ने माग झिनो बनेको बताउदै ति जिल्ला कमिटी सदस्यले पोखरेलले नचाहेको अवस्थामा प्रस्तावित नामबाट नै उम्मेदवार हुनुपर्ने धारणा राखेका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा सर्वसम्मत उम्मेदवार सिफारिस बन्न कठिन भए संगै क्षेत्र नं ५ बाट डा. राजन भट्टराईलाई सर्वसम्मत सिफारिस गर्नुपर्ने विषय प्रवेस पाएपनि उक्त निर्णय अस्विकार हुनु निकै अर्थपूर्ण रहेको एक बुद्दिजीवी बताउछन।
काठमाण्डौ क्षेत्र नं ४ छोडेर ५ मा जाने प्रयास उहाले नै गर्नु भएको हो कि हैन ? त्यो बुझ्न जरुरी रहेको बताउदै ति बुद्दिजीवीले काठमाण्डौ महानगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडा रहेको सो क्षेत्रमा रणनीति तय गरेर निर्वाचनको तयारी गर्नुपर्ने धारणा राखेका छन ।
