रेडियन्ट रिडर्स एकेडेको वार्षिक स्पोर्ट्स मिट सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,पुस १४।
सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको वार्षिक स्पोर्ट्स मिट सोमबार लगनस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भएको छ ।
स्पोर्ट्स मिटको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा कलाकार श्रेष्ठले स्कुल हेड गर्ल साइसा लामिछानेलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका थिए । उक्त टर्च साइसासहित विभिन्न हाउसका कप्तानले खेलकुद केन्द्रको ट्रयाकमा परिक्रमा गराएका थिए ।
विद्यार्थी मार्चपास्टसहित विभिन्न मनोरञ्जनात्मक प्रतिस्पर्धामा सहभागी भएका थिए । जिम्न्याष्टिक र करातेको प्रदर्शनी खेल प्रस्तुत गरिएको थियो भने शिक्षक र अभिभावकबीच ‘टग अफ वार’ मैत्रीपूर्ण प्रतिस्पर्धा पनि भएको थियो । स्पोर्ट्स मिटमा क्रिकेट, बास्केटबल, फुटबल, खोखोलगायतका खेलको पनि प्रतिस्पर्धा भएको थियो ।
रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा भाइस प्रिन्सिपल देवराज गेलालले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने स्कुल कोओर्डिनेटर प्रतिक्षा दाहालले सहभागी सम्पूर्णलाई धन्यवाद दिइन् ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासंगै खेलकुद र अन्य अत्तिरिक्त क्रियाकलापमा पनि विद्यालयले विशेष जोडी दिइरहेको बताए ।
समापनका अवसरमा वरिष्ठ कलाकार श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । वरिष्ठ कलाकार श्रेष्ठलगायतले विभिन्न प्रतिस्पर्धामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
