भ्याली पब्लिक र न्युटन फाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
आयोजक भ्याली पब्लिक र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३३–२३ ले पराजित ग¥यो । भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन् । न्युटनले केभीकेएसएसलाई २६–२२ ले हरायो । न्युटनकी दिपसइना ठकुरीले १६ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा न्युटनले भ्याली पब्लिकलाई ६०–५६ तथा टीआईएले हेम्सलाई ६७–५७ ले पाखा लगाउदै फाइनल भेट पक्का गरे । न्युटनका उज्ज्वल श्रेष्ठले २० तथा टीआईएका रोशन नगरकोटीले २८ अंक जोडे ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमीलाई ३६–२६ तथा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई २६–२० ले पन्छ्याउदै फाइनल यात्रा तय गरे । गोल्डेनपिकका अग्रज शेर्पाले १६ तथा एन्जल्स हार्टका रिहान क्षेत्रीले ७ अंक बटुले । फाइनल सोमबार हुनेछ ।
