यी हुन काठमाडौं क्षेत्र -४ बाट निर्वाचित पाँच महाधिवेशन प्रतिनिधि
कपन अनलाइन
काठमाडौं,मंसिर १६ ।
नेकपा एमालेको ११ औ महाधिवेशनका लागि काठमाडौं क्षेत्र -४ बाट पाँच जना प्रतिनिधि निर्वाचित भएका छन।
मंसिर १३ गते भएको निर्वाचनमा कार्यकर्ताहरुको मन जित्दै खुल्ला, महिला र युवा क्लस्टरबाट ५ जना महाधिवेशन निर्वाचित भएका हुन ।
उक्त निर्वाचनबाट खुल्ला तर्फ बुढानिलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख उद्धव खरेल, नेकपा एमाले नगर कमिटी सचिव श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन।
त्यस्तै महिला तर्फ नगर कमिटी उप सचिब सुनिता गुरुङ लोकप्रिय मत सहित विजयी बनेकी छन भने सरस्वती कार्की पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन।
यसैगरी युवा तर्फ बुढानिलकण्ठ नगरपालिका वडा -११ का उपाध्यक्ष प्रकाश कट्वाल निर्वाचित भएका छन ।
तपाइँको प्रतिक्रिया ।
