महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा प्रदीप डंगोल ,सहयोगको अनुरोध !
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १३।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलले काठमाण्डौ क्षेत्र नं ५ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन । आज मङ्सिर १३ गते हुने महाधिवेसन प्रतिनिधिको निर्वाचनमा सहयोग गर्न सम्पूर्ण पार्टी सदस्यहरुलाई आग्रह गर्दै डंगोलले अपिल समेत गरेका छन।
काठमाण्डौ जिल्लामा पहिलो वडा अधिवेसन सहित सबै वडामा अधिवेसन सम्पन्न गर्ने पहिलो पालिका बनेको बुढानिलकण्ठ नगर कमिटीको नेतृत्व गरेका डंगोलले बागमती प्रदेस कमिटी अन्तर्गतका ११९ तह मध्य अधिवेसन सम्पन्न गर्ने पहिलो पालिका बनाउने अवसर पाएका थोये न।
काठमाण्डौ जिल्लामा अधिवेस्सन गर्ने पहिलो नगर कमिटी बन्न लागेको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष रहेका उनले २०४९ साल जेठ २९ गतेबाट औपचारिक रुपमा संगठित पार्टी जीवन सुरु गरेका थिए।
वडा सक्रिय दल सदस्य ,उपसचिव हुदै वडा कमिटीको सचिव बनेका डंगोल २०५३ सालमा इलाका कमिटीको उपसचिव बनेका थिए। हाल बुढानिलकण्ठ नगरपालिकामा रहेका बरिष्ठ नेताहरुको नेतृत्वमा काम गरेका डंगोलले साविक खड्का भद्रकाली गाउँ कमिटीको सचिवको जिम्मेवारी समेत बहन गरेका थिए।
नेकपा कालिन समयमा नगर कमिटीको सचिव बनेका उनले बुढानिलकण्ठ नगर कमिटीमा अध्यक्षको जिम्मेवारी बहन गर्दै २०७९ सालमा नगर प्रमुख उपप्रमुख सहित सानदार बहुमत दिलाउदै नेकपा एमालेलाई जिल्ला मै पहिलो नगरपालिका बनाउने अभियानको नेतृत्व गरेका थिए।
