महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा सुनिता गुरुङ, सहयोगको अनुरोध !
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १३।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका उपसचिव सुनिता महाधिवेसन प्रतिनिधिको उम्मेदवारी अझ दरिलो बनाउदै चुनावी मैदानमा आएकी छन ।
लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेकी गुरुङ हाल सम्म कुनै पनि लाभ पदमा नगई निरन्तर संगठन र पार्टी निर्माणमा क्रियाशील नेतृ हुन्।
काठमाण्डौ क्षेत्र नं ४ को खुल्ला (महिला) समुहमा उम्मेद्वारी दिएकी गुरुङले यस पटक काठमाण्डौ क्षेत्र नं ४ का पार्टी सदस्यहरुले आफुलाई निर्वाचित गराउने विस्वास व्यक्त गर्दै महाधिवेसन प्रतिनिधिमा निर्वाचित गराउन सहयोगको अपिल समेत गरेकी छ ।
तपाइँको प्रतिक्रिया ।
