महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा गोविन्द कटवाल, सहयोगको अनुरोध !

महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा गोविन्द कटवाल, सहयोगको अनुरोध !

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १२।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य गोविन्द कटवालले महाधिवेसन प्रतिनिधिको उम्मेदवारी अझ दरिलो बनाउदै चुनावी मैदानमा ओर्लने तयारी गरेका छन।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेका कटवाल वडा नं ९ कमिटीको अध्यक्ष रहिसकेका छन भने उनि हाल काठमाण्डौ क्षेत्र नं ४ (२) को संयोजक समेत रहेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ र काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा नेकपा एमालेलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कटवालले सहमतिको प्रयास सफल नभए पछि चुनावी मैदानमा आएको बताएका हुन्।

मदन भण्डारी फाउन्डेसनमा समेत लामो समय काम गरेका कटवालले भोलि मङ्सिर १३ गते हुने महाधिवेसन प्रतिनिधि निर्वाचनमा सहयोग गर्न सम्पूर्ण संगठित सदस्यहरुमा अनुरोध गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।