तराईका सभासद्का घरमा बम
सप्तरी, १० कात्तिक । अज्ञात समूहले हिजो ९ गते सदरमुकाम राजविराजस्थित नेपाली काँगे्रस सभासद् सुरेन्द्र यादवका घरमा राखिएको सिलिन्डर बम कृष्णदल गणबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
एलपी ग्यासको मिनी सिलिन्डरमा राखिएको सो बम राजविराज–५ मलेठस्थित यादवका घरको पछाडिपट्टिको भागमा छाडिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया ।