काठमाण्डौ क्षेत्र नं ४ बाट युवा क्लस्टरको प्रतिनिधिमा उम्मेद्वारी दिने रोजु गौतमको तयारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ८।
काठमाण्डौ क्षेत्र नं ४ बाट युवा क्लस्टरको प्रतिनिधिमा उम्मेद्वारी दिने रोजु गौतमले तयारी गरेकी छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीकी उपसचिव रहेकी गौतमले युवाहरुको प्रतिनिधित्व गर्दै महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेकी हुन्।
क्याम्पस तह देखि अनेरास्ववियुमा आवद्ध रही राजनीतिमा सक्रियता बढाएकी रोजु (गीता) गौतमले अनेमसंघ बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा सचिव हुदै अध्यक्षको जिम्मेवारी समेत बहन गरिसकेकी छन।
अनेम संघ काठमाडौं जिल्ला कमिटीकी सदस्य समेत रहेकी गौतमले सहयोगका लागि सम्पूर्ण पार्टी सदस्यहरुमा अनुरोध गरेकी छन।
तपाइँको प्रतिक्रिया ।
